३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सुदूरपश्चिममा आजबाट भुवा पर्व


0
Shares

बझाङ, पुस १० । सुदूरपश्चिम प्रदेशमा आज (बिहीबार) बाट सुरु भएको प्रसिद्ध भुवा पर्वले बझाङमा रौनक छाएको छ ।

कौरव र पाण्डवको युद्धको सम्झनामा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व जिल्लाका विभिन्न स्थानीय तहका ६० बढी गाउँमा रौनक छाएको हो ।

कुरु क्षेत्रको युद्ध सुरु हुनुभन्दा अघि पाण्डवहरु वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको किंवदन्ती पाइन्छ ।

पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोकाबली दिने परम्परा रहेको छ । पर्वको आकर्षणका रुपमा वाली नाँच, ठाडो भस्सो भारी खेल जस्ता नाँच तथा गायन कार्यक्रमहरु आयोजना गरिन्छ ।

प्रत्येक वर्षको पौष औंसीका दिन मसाल सल्काएर सुरु गरिने पर्वको पौष शुक्ल पुर्णिमा अगावै विधित रुपमा समापन गरिन्छ ।