७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


आईपीएल क्रिकेट : सनराइजर्स हैदारावादका एक खेलाडीमा कोभिड पोजेटिभ


0
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी टीम सनराइजर्स हैदरावादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

बुधबार साँझ खेल हुनुअघि गरिएको पीसीआर परीक्षणमा टीमका खेलाडी टी नटराजनमा कोभिड पोजेटिभ भएको आईपीएलले जानकारी दिएको छ । उनमा कोभिडको कुनै पनि लक्षण नदेखिएको र अहिले आइसोलेसनमा राखिएको छ ।

नटराजनसँग सम्पर्कमा आएका सम्पूर्ण खेलाडी र पदाधिकारीहरुको बुधबार बिहान गरिएको परीक्षणम नेभेटिभ रिपोर्ट आएको पनि आईपीएलको ट्वीटर ह्याण्डेलले लेखेको छ । उसले बुधबार साँझ सनराइर्स हैदरावाद र दिल्ली क्यापिटल्सको खेल हुने पनि जानकारी दिएको छ ।

नटराजनसँग एकदमै निकट रहेका हैदरावादका खेलाडी ६ खेलाडी र पदाधिकारीलार्ई आइसोलेसनमा राखिएको छ ।