६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको बैठकमा भाग लिन आज अमेरिका जाँदै


0
Shares

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्र संघको बैठकमा सहभागि हुन आजै अमेरिका प्रस्थान गर्नुहुनेछ ।

आज साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो ।

खड्काको टोलीमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेल, सहसचिव सेवा लम्साल र अधिकृत भरत खनाल सहभागी हुने छन् ।