
काठमाडौं, पुस १० । नेपाल र चीनका कलाकारले तयार पारेको चित्रकला एवं मूर्तिकलाको संयुक्त प्रदर्शनी आज (बिहीबार) बाट काठमाडौंमा शुरु भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु भएको प्रदर्शनीमा नेपालका कलाकार धर्मराज शाक्य र चीनका कलाकार सेन साङ्घाईका कादाले तयार पारेका चित्रहरु राखिएका छन् ।
शाक्यले तयार पारेका गणेशका विभिन्न आकृतिसहितका २४ वटा र चिनियाँ कलाकार सेनका ३० वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले आयोजना गरेको प्रदर्शनीबाट नेपाल र चीनबीचको मित्रता र संस्कृति थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्