
काठमाडौं, पुस १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह १२ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्दा दशरथ रंगशालामा दिउसो ३ बजे संकटा क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।
यसअघि हिजोको खेलमा फ्रेन्ड्स क्लबलाई ३-० ले पराजित गर्दै मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
मच्छिन्द्रलाई विजयी गराउन पिटर सेगुन, सोमिदे एड्लाजा र रेजिन शुब्बाले एक एक गोल गरे । दशरथ रंगशालामै भएको अर्को खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २÷१ ले पराजित गर्यो ।
एनआरटीका लागि जुनियर निकेनगुइन र दर्शन गुरुङ्गले एक एक गोल गरे । च्यासलका लागि खेलको इन्जुरी समयको अन्तिम क्षणमा अमिर श्रेष्ठले गोल गरे ।
हिजोका खेलहरुपछि लिगको अंक तालिकामा ३ खेलबाट ६ अंक जोडेको मच्छिन्द्र गोल अन्तरका आधारमा मनाङ्ग मस्र्याङ्दी क्लबलाई पछाडि पार्दै शीर्ष स्थानमा पुगेको छ ।
त्यस्तै एनआरटी ४ अंकसहित च्यासल, जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबलाई गोल अन्तरमा पछाडि पार्दै तेस्रो स्थानमा पुगेको छ ।
दुई जित हासिल गरेको भए पनि गत लिगमा पुछारमा रहेर दुई अंक गुमाएकाले एनआरटीको ४ अंकमात्र भएको हो ।
प्रतिक्रिया दिनुहोस्