१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


सिमामा भारतीय सवारी प्रवेश खुला गर्न प्रधानमन्त्री देउवा सकारात्मक


0
Shares

काठमान्डौं, असोज ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सीमा नाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको प्रवेश खुला गर्न सकारात्मक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म बन्द रहेको भारतसँगको सीमा नाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको प्रवेश खुला गर्न सकारात्मक रहेको बताउनुभएको हो ।

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधि मण्डलबाट सोमबार सिंह दरवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो जनाउनुभएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले करिब डेढ बर्षदेखि भारतसँगको सीमा नाका बन्दबाट होटल तथा पर्यटन व्यवसाय धारा साहि बन्दै गएकोमा सरकारको ध्यानाकर्षण गराउदै सिमा नाका खोल्न माग गनुभएको हो । भारतबाट निर्वाध रुपमा व्यक्तिहरुको आवागमन भएपनि भारतीय पर्यटक चढेर आउने यात्रुबाहक सवारी साधन बाहेक मालबाहक सवारीे भारतबाट आउने पर्यटक मात्र आउन नसकेको प्रधानमन्त्री देउवालाई अवगत गराउनुभयो ।

पन्तले होटेल तथा पर्यटन क्षेत्र अहिले नराम्रोसँग प्रभावित भएको सरकारले अविलम्ब समस्याको निराकरण तर्फ अग्रसर हुन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाई सिमानाका खोल्न माग गर्नुभएको भयो ।

नेपालमा सबभन्दा बढी स्थल मार्गबाट भारतीय पर्यटकनै आउने बताउदै नेपालको दक्षिणी सिमाक्षेत्रमा रहेका सम्पूर्ण होटेल, रेष्टोरेन्ट र सबै खाले पर्यटकीय गन्तव्यहरु ७० देखि ८० प्रतिशतसम्म भारतीय पर्यटकमै निर्भर रहेको छन् ।