
नुवाकोट, पुस ९ । पुसे औंसीको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगतको नाममा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो लागेको छ ।
हिन्दु र बौद्ध धर्मालम्बीहरुले बिहानैदेखि उत्तरगयाधाम बेत्रावतीमा पुगी पितृ तर्पण गरेका हुन ।
कालकूट विष पिई त्यसको राप शान्त पार्न भौंतारिएर हिडेका महादेवले त्रिशुल प्रहार गर्दा उत्पन्न भएको त्रिशुली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रागंगास्थित फलाँखु खोलाको संगमस्थल भएको पुराणमा उल्लेख छ ।
धाममा अघिल्लो वर्षहरुमा पाँच हजार जतिले श्राद्ध गर्ने गरेकोमा यसवर्ष करिब ८ देखि १० हजारले पिण्ड तर्पण गर्ने उत्तरगया क्षेत्र विकास समितिको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्