३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


चार क्याम्पसलाई शैक्षिक गुणस्तरको प्रमाणपत्र, जनमैत्री क्याम्पसलाई जिल्लामै पहिलो पटक


0
Shares

काठमाडौं, पुस ९ । विश्वविद्ययालय अनुदान आयोगले चारवटा क्याम्पसलाई शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ ।

काठमाडौंको जनमैत्री क्याम्पस, काभे्रको काभे्र वहुमुखी क्याम्पस, ललितपुरको जनभावना क्याम्पस र कञ्चनपुरको कञ्चन विद्या मन्दिरलाई प्रमाणपत्र दिईएको हो ।

आवश्यक पूर्वाधार तथा गुणस्तरीय पढाइ र शैक्षिक क्रियाकलापका आधारमा आयोगले क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशनको प्रमाणपत्र दिएको हो ।

आयोगले हालसम्म देशभरका ४० वटा क्याम्पसलाई यस्तो प्रमाणपत्र प्रदान गरिसकेको छ । प्रमाणपत्र पाँच बर्षको लागि प्रदान गरिन्छ

। कार्यक्रममा जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले काठमाडौं जिल्लामा यस्तो प्रमाणपत्र प्राप्त गर्ने आफुहरु पहिलो क्याम्पस भएको बताए ।

गुणस्तरीय पढाईका लागि पाएको प्रमाणपत्रलाई बचाई राख्न बजारको माग अनुसारको विषय थप गरी रोजगारीमूलक शिक्षामा जोड दिदै स्वायत्त शैक्षिक संस्थाको रुपमा क्याम्पसलाई स्थापित गर्ने पनि उनले बताए ।