१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


कर्तव्य ज्यान र करणीका मुद्दाको पुनरावलोकन बढी हुने गरेको तथ्यांक


0
Shares

धनकुटा । कोशी पहाडका चार जिल्लामा कर्तव्य ज्यान र करणीका मुद्दाको बढी पुनरावेदन हुने गरेको पाइएको छ ।

उच्च अदालत विराटनगरको धनकुटा ईजलासले धनकुटामा पत्रकार सम्मेलन गरी धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाबाट पुनरावेदन गरिएका २ सय ९४ मुद्दामध्ये कर्तव्य ज्यान ५६ र करणीका मुद्दा ४८ वटा रहेको जनाएको छ ।

त्यस्तै ३८ वटा रिट दायर, बहुबिवाह र चोरीका २०/२०, अंशका १५, डकैतीका ७, सम्बन्ध बिच्छेदका ६ र मानाचामल र लागु औषधका मुद्दा ५/५ मुद्दा रहेको धनकुटा इजलासले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा पुनरावेदन परेका मुद्धामध्ये २ सय २० वटा फछ्र्योट गरेको इजलासका मुख्यन्यायाधीश बिनोद शर्माले जानकारी दिए ।

यसैगरी रुपन्देही जिल्ला अदालत भने लक्ष्यअनुसार मुद्धा फछ्र्यौट गर्न असफल भएको छ ।

जिल्ला अदालतमा मुद्दा दर्ता हुने क्रम बढ्दै गए पनि गत वर्ष अदालतले लिएको लक्ष्यभन्दा कम मुद्दा फछ्र्यौट भएको हो ।

अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा रुपन्देही जिल्ला अदालतमा ३ हजार ६ सय २१ मुद्दा भएकोमा २०७२/७३ मा यो संख्या बढेर ४ हजार पुगेको थियो ।

यसै गरी २०७३/७४ मा ४ हजार ३ सय ४० मुद्दा दर्ता भएका थिए भने गएको आर्थिक वर्ष २०७४/७५ मा यो संख्या बढेर ५ हजार ५१ पुगेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार सञ्जिव पोखरेलले बताए ।

न्यायपालिकाको तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाअन्तर्गत रुपन्देही जिल्ला अदालतको चौथो कार्य योजना तर्जुमा गर्दा पछिल्लो आर्थिक बर्षबाट १ हजार ९ सय ५१ मुद्दा जिम्मेवारी सरेर आएका थिए ।

यसैगरी पर्न सक्ने मुद्दा ३ हजार ३ सय ६८ र जिम्मेवारी सरि आएका मुद्दा समेत गरी अनुमानित ५ हजार ३ सय १९ मुद्दाको ६५ प्रतिशत फछ्र्यौट गर्ने अदालतले लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार १ सय मुद्दा मात्र दर्ता भएकोमा जम्मा ६१ दशमलव ६३ प्रतिशत मात्र फछ्योट गर्न सकेको बताइएको छ ।