एजेन्सी । टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।
जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । समान १३ अंक जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि १३ अंक नैं छ ।
गएरातिको खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डो र जेस्सी लिंगार्डले एक एक गोल गरे । वेष्ट ह्यामका साइद बेन्राहमाले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ ले पराजित ग¥यो ।
प्रतिक्रिया दिनुहोस्