१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


0
Shares

चितवन, साउन १७ । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ ।

यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिरोका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएको छ । (रासस)