
काठमाडौं, पुस ९ । उपत्यकामा चिसो बढेको छ । उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ ।
मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री हुँदा सोही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको हो ।
यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।
महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३.५ छ ।
त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।
प्रतिक्रिया दिनुहोस्