
काठमाडौं, असोज ३ । कोरोना भाइरसबाट आइतबार यो वर्षकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।
मात्र ७ सय ३४ संक्रमित थपिएका हुन् ।
जसमा ७ हजार ३ सय ४ पीसीआर परीक्षणबाट ६ सय ५६ अर्थात परीक्षणको ९ प्रतिशतमात्र संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१४ सय १३ जना संक्रमणमुक्त भएका छन् । मृतकको दर भने अझै घटेको छैन । आइतबार १२ जनाको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ४० जनाको मृत्यु भइसकेको छ । हाल २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्