सुदूरपश्चिम प्रदेशमा ५३ वटा ऐन निर्माण « Image Khabar


सुदूरपश्चिम प्रदेशमा ५३ वटा ऐन निर्माण


Border circle
Imagekhabar

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट हाल सम्म ५३ वटा ऐन निर्माण भएका छन् । प्रदेश सभा स्थापना भएको चार बर्ष पुग्न लाग्दा ५३ वटा कानुन निर्माण भई प्रमाणीकरण भएका हुन ।

चालू आर्थिक बर्षमा भने हालसम्म छ वटा विधेयकपारित भैसकेका छन् । चालू आर्थिक बर्षमा पारित भएका विधेयकहरुमा २०७८/७९ सेवा र कार्यका लागि प्रदेश कोषबाट रकम विनियोजन र खर्च सम्बन्धमा बनेको विधेयक प्रदेश सरकारको अर्थ सम्बन्धमा व्यवस्था गर्न बनेको कानुन रहेका छन् ।

प्रदेश सभामा हाल चार वटा विधेयक छलफलमा रहेकाछन् । यि विधेयकमा छलफल गरी वर्षे अधिवेशन अन्त्य गरीने प्रदेश सभाले जनाएको छ । बिजनेस नभएकोले लामो समयदेखि प्रदेश सभाको बैठक चल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्