सुदूरपश्चिममा दुई मन्त्री नियुक्त « Image Khabar


सुदूरपश्चिममा दुई मन्त्री नियुक्त


Border circle
Imagekhabar

कैलाली, असोज १ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन ।

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन ।

सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्