काठमाडौं । बैंक अफ काठमाडौंले थापाथलीस्थित ब्रिटिश कलेजमा डिजिटल कारोबार (क्यूआर) सञ्चालनमा ल्याएको छ ।
ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत क्यूआर कोडको स्क्यान गरी कलेजको बिल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले रणनितीक महत्वका स्थानहरूमा क्यूआर कोड सेवा सञ्चालनम ल्याइरहेको छ ।
बैंकले यसअघि पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरूमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुरेन्ट, अस्पताल तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्