१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


त्रिवि मातहतका शैक्षिक संस्था खुले


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भने मातहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न भनेको छ ।

विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको हो ।

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका क्याम्पस तथा कलेजहरु संचालन गर्न त्रिविले सूचना गरेको छ ।

कतिपय क्याम्पसहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गर्दै आएकोमा विद्यार्थीहरुले अनलाईन कक्षा प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।