काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा एक पोस्टमार्फत कोहलीले अक्टोबरमा हुने टी–ट्वान्टी विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । यद्यपि उनले ब्याट्सम्यानको रुपमा भने खेलिरहने जानकारी दिएका छन् ।
टी–ट्वान्टीको कप्तानी छाडे पनि एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी भने उनले छाडेका छैनन् । आफूले धेरैजनासँगको सल्लाहपछि यो निर्णय लिएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्