काठमाडौं, पुस ७ । डाबर नेपालको लोकप्रिय ‘ब्रान्ड’ दाबी गरिएको प्रोस्टायलले यो वर्ष पनि ‘म्यानहन्ट’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ ।
प्रोस्टायलले ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीइई)सँग सम्झौता गर्दै ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२०’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको हो ।
सोमबार आयोजित कार्यक्रममा आगामी प्रतियोगिताका लागि आवेदन खुला गरिएको पनि जनाइयो ।
योसँगै प्रोस्टायल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको हो ।
डाबर नेपालका सेल्स एन्ड मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले सुरुआती चरणदेखि जीइईसँगको यात्रा रमणीय रहेको उल्लेख गरे ।
डाबरले आगामी दिनमा पनि पुरुषलक्षित प्रशाधन थप्दै जाने योजना बनाएको प्रधानले बताए ।




प्रतिक्रिया दिनुहोस्