२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


भालुको आक्रमणबाट महिला घाइते


0
Shares

बझाङ, पुस ७ । बझाङको जयपृथ्वी नगरपालिकामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाइते जयपृथ्वी नगरपालिका–७ खगेडाकी ४० बर्षिया सीतादेवी रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

एक हप्ताअघि माउ र दुईवटा छाउरा सहित खप्तड राष्ट्रिय निकुञ्जबाट आएको भालु खप्तड छान्ना गाउँपालिका हुँदै नगरपालिकाको विभिन्न स्थानमा आतंक मच्चाईरहेको स्थानीयले दाबी गरेका छन् ।

घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी, डिभिजन बन कार्यालयको टोलीसहित प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।