१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै


0
Shares

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज(बुधबार) राति आठ खेल हुँदैछन् ।

समूह ‘सी’को पहिलो खेलमा टर्कीस क्लब बेसिक्टासले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग आफ्नै मैदानमा राति साढे १० बजे खेल्नेछ । यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा पौने १ बजे डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यसैगरी समूह ‘डी’ मा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्दैछ । सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडसँग खेल्दैछ ।

यता, समूह ‘ए’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बेल्जियन क्लब ब्रुगको सामना गर्नेछ । यो खेलमा केलियन एमबाप्पे, नेयमार र लियोनेल मेसी एकैपटक मैदान उत्रने सम्भावना छ । यही समूहमा इङ्गलिश च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मन अन्डर डग आरबी लाइप्जिगसँग खेल्दैछ ।

यसैगरी, समूह ‘बी’ मा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेसँग खेल्दैछ । यही समूहमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ ।