
काठमाडौं, भदौ ३० । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको थियो । बुधबार तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य बुधबार १ हजार २ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्