११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


विलियनको गोलले चेल्सी विजयी, टोटनह्यामका समर्थक विवादमा


0
Shares

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले हराएको छ ।

गएराति टोटनह्यामको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन दुबै गोल विलियनले गरे ।

१२ औं मिनेटमा सानदार गोलमार्फत टोलीलाई अग्रता दिएका ब्राजिलियन खेलाडी विलियनले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारको अवसरलाई गोलमा बदल्दै टोलीको जित पक्का गरे ।

दोस्रो हाफको ६२ औं मिनेटमा सन हिउङ मिन रातो कार्ड खाँदै बाहिरिएपछि टोटनह्याम १० जनामा समेटिएको थियो ।

यो जितले पछिल्लो समय खराब प्रदर्शन गरिरहेको चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डलाई राहत मिलेको छ ।

पूर्व चेल्सी प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा रहेको टोटनह्यामविरुद्ध लाम्पार्डको जितलाई निकै महत्वका साथ हेरिएको छ ।

यो खेलमा टोटनह्यामका समर्थकहरुले रंगभेदी व्यवहार गरेको भन्दै आलोचनासमेत भएको छ ।

व्यावसायिक फुटबल खेलाडीहरुको संस्था पीएफएले यसबारे विस्तृत छानविन गरी दोषीमाथि कारवाही गर्न बेलायत सरकारसँग माग समेत गरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति वाट्फोर्डले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हराएको छ । वाट्फोर्डका लागि ईस्माइला सार र ट्रोए डिनीले एक एक गोल गरे ।