Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


गाउँपालिका अध्यक्ष राउत पक्राउ


0
Shares

बारा । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०६३ भदौ २९ गते २९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएकोमा सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

फरार रहेकै अवस्थामा उनी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई अदालतको आदेश अनुसारको कैद भुक्तानका लागि जिल्ला कारागार वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।