काठमाडौं, भदौ २७ । प्रतिपक्ष एमालेका सांसदहरूले संसदमा नारबाजी गर्न नछोडेपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा स्थगित गर्नुभएको छ ।
नेकपा एमालेको अवरोधका कारण आइतबारको संसद बैठक पनि कारबाही प्रक्रियामा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबारको दुई वटै बैठक एमाले सांसदको नाराबाजी र अवरोधका कारण अघि बढ्न सकेन । बैठक अघि बढ्न नसकेपछि सभामुख सापकोटाले अर्को बैठक भदौ २९ गते मंगलबार दिनको १ बजे बस्ने सूचना दिनुभयो ।
आइतबारको पहिलो बैठक एमालेका सांसदहररुले नाराबाजीसँगै अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित भएको थियो ।
१५ मिनेटपछि बैठक सुरु भए पनि एमालेले पुनः अवरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्