६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


प्रतिनिधिसभाको बैठक आज बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । आजको बैठकमा पनि मुख्य विपक्षी दल नेकपा एमालेले अवरोध गने सम्भावना छ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा एमालेले निरन्तर अवरोध गरिरहेको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट संशोधन गरेको हो ।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।