
काठमाडौं, पुस ६ । स्पेनीस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले डेपोर्टिभो आलाभेजलाई ४–१ ले हराएको छ ।
गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन एन्टोइन ग्रिजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र लुईस सुवारेजले एक एक गोल गरे ।
जितपछि बार्सीलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग ३ अंकको अग्रता लिएको छ । १८ खेलबाट बार्सिलोनाको ३९ अंक भएको छ भने १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ ।
रियालले आज एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । ला लिगाअन्तर्गत गएरातीका अन्य खेलहरुमा सेभियाले मयोर्कालाई २–० ले हराउँदा भियारियालले गेटाफेमाथि १–० को जित निकाल्यो ।
भ्यालेन्सीया र रियाल भालाडोलिडले एक एक गोलको बराबरी खेलेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्