Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बुटवल सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषित


0
Shares

बुटवल, पुस ५ । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।

सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले शनिबार एक कार्यक्रमकाबीच सो घोषणा गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बेसहारा मानवमुक्त सडक बनाउने अभियानले परिवार र समुदायलाई सकारात्मक सन्देश दिएको धारणा राखे ।