 
	    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडांैमा विधान महाधिवेशन गर्ने भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्