१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


सुदूरपश्चिममा संक्रमितको संख्या ४६ हजार नाघ्यो


0
Shares

बैतडी, भदौ २५ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ४६ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ३ लाख २२ हजार ९ सय २२ जनाको कोरोना परीक्षण गर्दा ४६ हजार ५ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण यहाँ ५ सय ८६ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशभर पीसीआर बिधिबाट ७३८ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१३ जनामध्ये ३ जनामा पीसीआर र १० जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पीसीआर बिधिबाट गरिएको परीक्षणमा जिल्ला अस्पताल बैतडीमा गरिएको ३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ८, बझाङ र अछामका १/१ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १६ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार सुदूरपश्चिमका २४ जनामा संक्रमण पुष्टि हुँदा ११ जना संक्रमणमुक्त भएका थिए ।

हालसम्म प्रदेशभर ३६ हजार ८ सय ७८ जनाले कोरोना जितेका निर्देशनालयले जनाएको छ ।