६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


फतिमासँगको भेटवार्तामा प्रचण्डले भने ‘विवादकाबीच एमसीसी पास गर्न कठिन, राष्ट्रिय सहमति खोज्नुपर्छ’


0
Shares

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

फतिमा प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुग्नु भएको थियो । उहाँहरु बीच करिब एक घण्टा कुराकानी भएकाे छ । उपाध्यक्ष सुमारले एमसीसी पास गराउने विषयमा दाहाललाई मनाउने प्रयास गरिरहनु भएको थियो ।

संवादपछि अध्यक्ष दाहालले अहिले नै एमसीसी पास गर्ने अवस्था नरहेको वताउनु भएको छ । उहाँले एमसीसीमाथि अझै प्रश्न उठेकाले यसको भ्रम निवारण नगरेसम्म पास गर्न कठिन हुने प्रतिक्रिया दिनु भएको छ । त्यस्तै दाहालले विवादकाबीच एकल ढंगबाट एमसीसी अघि बढाउन कठिन हुने र राष्ट्रिय सहमति खोज्नु पर्ने धारणा राख्नु भएको छ ।

भेटवार्ताका क्रममा फतिमाले एमसीसीको पक्ष र फाइदाबारे जानकारी दिनु भएको छ । एमसीसीबारे छलफल गर्न चार दिने भ्रमणमा नेपाल आउनुभएकी फतिमाले आज दोस्रो दिन अध्यक्ष दाहाललाइ भेट्नु भएको हो । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्मालाई भेट्ने कार्यक्रम छ ।