११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्सको लगातार दोस्रो हार, ब्रिगेड ब्वाइजसँग पराजित


0
Shares

काठमाडौं, पुस ४ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब बीबीसी विजयी भएको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा बीबीसीले फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गरेको हो ।

बीबीसीका लागि खेलको ८८ औं मिनेटमा जय गुरुङ्गले निर्णायक गोल गरे । पहिलो खेलमा मच्छिन्द्र क्लबसंग पराजित भएको बीबीसी खेलमा फर्किएको छ भने फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा फ्रेन्ड्स त्रिभुवन आर्मी क्लबसंग २-१ ले पराजित भएको थियो । शुक्रबारको पहिलो खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको २८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई अग्रता दिलाए ।

सन्तोषको यो घरेलु लिग फुटबलमा ९९ औं गोल हो । खेलको ८८ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दैै मच्छिन्द्रलाई बराबरीमा ल्याए ।

यो बराबरीसंगै मच्छिन्द्र र च्यासल दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रहेका छन् ।