३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


संसदको हिउँदे अधिवेशन पुस ११ गतेसम्मका लागि स्थगित, त्यही दिन सभामुख चयन प्रक्रिया थालिने


0
Shares

काठमाडौं, पुस ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

बैठकको अध्यक्षता गरेकी उपसभामुख  शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धि राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् ।

त्यस पछि पूर्व सांसदहरु हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसै बीच संघीय संसदको सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ ।

संसद बैठक शुरु हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पुस ११ गते बस्ने संसद बैठकबाट सभामुख चयन प्रक्रिया थाल्ने सहमति भएको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल गए पछि सभामुख पद रिक्त रहर्दै आएको छ ।