काठमाडौं । ईमेज च्यानल टेलिभिजन आजबाट एचडीमा प्रशारण हुँदैछ । निजी क्षेबाट संचालित नेपालको पहिलो टेलिभिजन इमेज च्यानलले सूचना प्रविधिमा आएको नयाँ उभारलाई मध्यनजर गर्दै आजदेखि आफुलाई एचडीमा रुपान्तरण गरेको हो ।
आज ९ बजे औपचारिक कार्यक्रम गरेर प्रसारणको औपचारिक शुभारम्भ हुदैँछ । सूचना प्रविधिमा आएको अभूतपूर्व उभार हाम्रा लागि चुनौती र अवसर दुवै हो । दर्शकमा फेरिएको स्वाद र बढ्दो प्रतिस्पर्धामा आफूलाई अब्बल प्रमाणित गर्ने यात्रामा हामी जुटिसकेका छौं ।
सूचना, मनोरञ्जन र समाचारबाट उठेको ईमेजको जमिनलाई अब रियालिटी शोहरुले थप उर्वर बनाउने छन् । हेरिने, सुनिने र पढिने तीनैथरि स्वरुपमा यहाँहरुले ईमेजले गुणात्मक फड्को मारेको पाउनु हुनेछ । ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकमाझ पुगेको थियो ।
प्रसारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानल प्रसारण सुरु गरेको थियो । दर्शकको अपार साथ र समर्थनको कदर गर्दै त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्दै आएको छ ।
विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको मूल नारासहित अहिले इमेज च्यानल साताको सातै दिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रसारणलाई निरन्तरता दिइरहेको छ । यही निरन्तरतामा एचडी प्रविधि प्रगतिको जगमा थपिएको अर्को इँटा हो ।
त्यस्तै, विकास र विस्तार हुँदै आजको वयश्क अवस्थामा पुग्दा ईमेज एफ.एम ९७.९ र ईमेज न्युएज एफ.एम १०३.६ मार्फत यहाँहरुको घरघरमा र मनमनमा पुगेको छ । प्रविधीकाे विस्तारसँगै ईमेज च्यानलले अनलाइनमाध्यम ईमेजखबर डटकमबाट पनि सूचना प्रवाह गरेर पाठकसामु छाएकाे छ । यससँगै ईमेज च्यानल ईमेज ग्रुप अफ कम्पन्नीकाे रुपमा परिचित छ ।
प्रतिक्रिया दिनुहोस्