३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सिरियामा साठी भन्दा बढीको मृत्यु


0
Shares

काठमाडौं, पुस ४ । सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ ।

सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

युद्धको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन् ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तमा बिहीबार राती सो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी जियादीहरुको कब्जामा रहेको मारेट अल नुमाननजिकै भएको भिडन्तमा परी २३ जना सिरियाली सरकार समर्थित सेनाको  मृत्यु भएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरुको संलग्नता हुदै गयो ।

सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजार भन्दा सर्वसाधारणको ज्यान गएको छ ।

लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन् । दशौं लाख व्यक्ति आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । रासस/एएफपी