काठमाडौं, भदौ २४ । टिभिएसको अपाचे आरटिआर टु हन्ड्रेड फो भि नेपाली बजारमा भित्रिएको छ ।
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर टु हन्ड्रेड फो भि को फसर््ट इन क्लास राइडिङ मोड्स आर टि एफ आई, विएस भि आई र एविएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।
यी बाइकमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्नमिल्ने अत्याधुनिक फिचर्स रहेका छन् ।
यो बाईक सार्वजनिक कार्यक्रममा टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलिपले सेगमेन्ट फिचर्समा पहिलो र प्रविधियुक्त यी बाइकले नेपाली ग्राहकलाई उत्साही एवं खुशी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्