
तस्बिर फाइल
	    पोखरा, भदौ २४ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय कार्यदललाई दिइएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनु भएको छ । गण्डकी सरकारले प्रदेश नीति तथा योजना आयोग गठन आदेश संशोधन गरी पदाधिकारीको कार्यकाल ५ वर्ष रहने प्रावधान हटाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्