१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


सर्लाहीका हाटबजार सञ्चालनमा


0
Shares

सर्लाही, भदौ २४ । सर्लाहीमा हाटबजार, स्कुल र यातायात खुल्न थालेका छन् ।

कोरोनाका कारण बन्द भएका हाटबजार लामो समयपछि खुलेसँगै मेला–महोत्सव समेत संचालन गर्न थालिएको छ ।

मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न स्थानमा दशैलाई लक्षित गरी मूर्तिहरु बनाउन थालिएको छ ।

तराईमा विशेष रुपमा मनाईने चौचन पर्व शुक्रबार परेको छ ।

वर्षेनी असोज एक गते लाग्ने बिश्वकर्मा पुजाको लागि समेत मुर्ति बनाइन्छ । धर्म संस्कृतिको संरक्षण गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै नित्यपुजा गर्ने अनुमति प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।