२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एमाले सांसदको रिटमा सुनुवाइ हुँदै


0
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ ।

आज रिट सुनुवाइका लागि न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले एकीकृत समाजवादीमा जने भन्दै हिजो सर्वोच्चमा रिट दिनुभएको थियो ।

आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उहाँहरु सर्वोच्चमा जानुभएको हो । रिटमा उहाँहरुले अन्तरिम आदेशको माग पनि गर्नुभएको छ ।

रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरिएको छ । निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका पाण्डे र भट्ट पछि सनाखतको समयमा भने उपस्थित भएका थिए । आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो ।