
पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेको छैन । भारतको एप्को इन्फ्रान्ट निर्माण कम्पनीको ढिलासुस्तीले १ सय किलोमिटर लामो सडक निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।
३ अर्ब ६५ करोड ८४ लाख ९५ हजारको लागतमा तीन वर्षमा सडक सम्पन्न गर्ने सम्झौता गरेपनि हाल सडकको १८ प्रतिशत मात्र काम भएको छ । यो सडक खण्डमा बर्खायाममा गाडी गुडाउन समस्या हुने गरेको छ । सडक निर्माणको कामलाई तीव्रता दिन स्थानीयले पटक÷पटक सम्बन्धित पक्षलाई आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्