चितवन राष्ट्रिय निकुञ्जमा डमरु मृत फेला « Image Khabar


चितवन राष्ट्रिय निकुञ्जमा डमरु मृत फेला


Border circle
Imagekhabar

चितवन, भदौ २२ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको बच्चा (डमरु)मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुन्जको पुर्बी सेक्टर सौराहा क्षेत्रको ढुंगरे खोला पारि निकुन्जको कोर इलाकामा पोथी डमरु मृत भेटिएको हो ।

बाघको बच्चा मृत भेटिएकोमा प्रारम्भिक स्थलगत अध्ययन को आधारमा माउसंग छुट्न गइ भोकै भएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पोस्टमार्टम गरि थप परिक्षणको लागि नमुना संकलन गरेर भेटेरीनरी शाखामा पठाइएको छ । चालु आर्थिक वर्षमा मृत भेटिएको यो पहिलो बाघ हो ।
सन् २०१८ को बाघ गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वयश्क बाघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्