Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मिडिया र सामाजिक सञ्जालमा नकारात्मक विषयले स्थान पायो : मुख्यमन्त्री राई


0
Shares

विराटनगर, पुस ३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको टिप्पणी गरेका छन् ।

नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय अधिवेशनको आज विराटनगरमा उद्घाटन गदै मुख्यमन्त्री राईले समाजका भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए ।

मुख्यमन्त्री राईले संघीयतालाई संस्थागत गर्दै समाज परिवर्तनका लागि सकारात्कम वस्तुको खोजी गर्न मिडियाको अहं भूमिका हुने उल्लेख गरे ।

उनले देश समृद्धिको यात्रामा रहेको भन्दै सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता प्रदान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।