Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नगरपालिकाका प्रशासकीय अधिकृतमाथि खुकुरी प्रहार


0
Shares

रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथी गएराती खुकुरी प्रहार भएको छ ।

कार्यालयको काम सकेर कोठातर्फ जाँदै गर्दा बाटोमा लुकेर बसेका सोही नगरपालिका–३ का गोपाल बिक र हरिस बिकले खुकुरी प्रहारगरी घाइते बनाएका हुन् ।

कार्यालयको कामको विषयलाई लिएर आक्रमण भएको बुझिएको छ । घाइते केसीको टाउकोमा गहिरो चोट लागेको छ ।

चारवटा टाँका लगाइएको छ । उक्त घटनामा सूचना अधिकारी गणेश चन्द पनि घाइते भएका छन् ।

घाईतेलाई स्थानीय मेडिकलमा उपचारगरी थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी गरिएको छ ।

आक्रमणकारी फरार रहेको र खोजी कार्य भैइरहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नगरपालिका कर्मचारी र उपमेयर गीता नेपालीले बिज्ञपति जारी गर्दै दोषीलाई तत्काल कारबाहीको माग सहित उक्त घटनामा ३ न वडाका वडा अध्यक्ष केशरमान बिकको योजनामा भएको बताएको छ । यसअघि पनि विवाद आएको थियो ।