माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालन, बिहीबारदेखि आम्दानी गर्न थाल्ने « Image Khabar


माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालन, बिहीबारदेखि आम्दानी गर्न थाल्ने


Border circle
Imagekhabar

काठमाडौं । देशकै सवैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ ।

आयोजनाका ६ वटै टर्बाइनबाट हिजोदेखि उत्पादन शुरु गरिएको हो । तर नेपाल विद्युत प्राधिकरणले आगामी बिहिबारदेखि विद्युत खरिद बापतको भुक्तानी दिनेछ ।

आयोजनाबाट अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएको र ४ सय ५६ मेगावाट नै बिजुली उत्पादन भइरहेको माथिल्लो आयोजनाले जनाएको छ ।

सो आयोजनाले वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट विद्युत बिक्री गर्ने छ भने त्यस वापत ९ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी आयोजनाले गर्नेछ ।

उत्तरी दोलखाको लामबगरमा रहेको विद्युत गृहबाट खिम्ती सबस्टेसन मार्फत विद्युत राष्ट्रिय ग्रीडमा जोडिएको छ ।

नेपाली लगानी र सीपबाट बनेको आयोजना निर्माणका लागि ७० अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्