५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको जनाएको हो ।

नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल्नेछ । बंगलादेशी टिम सेप्टेम्बर ६ मा नेपाल आउनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन । छनोट खेल उज्वेकिस्तानमा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल असोज ५ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।