Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


नेप्से ३ अंकले ओरालो


0
Shares

काठमाडौं, पुस २ । बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर ११ सय ५२ कायम भइ थामियो ।

यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो ।

यसदिन होटल समूहमा सबैभन्दा उच्च ४३ अंकको गिरावट आयो । जीवनबिमा, निर्जीवन बिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ओर्लिए । यसदिन व्यापार, अन्य र विकास बैंक समूह सामान्य सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ९ लाख ४७ हजार कित्ता सेयर जम्मा २९ करोड ४७ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।