Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


‘सडकहरुको स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्दै’


0
Shares

काठमाडौं, पुस २ । सडक विभागका निर्देशक केशव थापाले नेपालका अधिकांश सडकहरुको स्तरोन्नति हुन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अधिकांश ग्रामीण क्षेत्रका सडकहरु मापदन्ड नपुर्‍याइ बनाइएको बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दुर्घटनाको दर घट्दै गइरहेको उनको भनाइ छ ।

निर्देशक थापाले कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै दुर्घटना हुने स्थानहरुको पहिचान गरेर त्यस्ता क्षेत्रमा सडक सुरक्षाको उपाय अपनाएपछि दुर्घटनामा कमी आएको दाबी गरे ।

तीन महिनाभित्र राजधानीमा सडक आवागमन सहज हुने दाबी

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले सवारीचालकले ट्राफिक नियमको उल्लंघन नगरेमा ५० प्रतिशतका दरले सवारी दुर्घटनामा कमी आउने बताए ।

उनले महानगरीय ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना अभियानलाई तीव्ररुपमा अगाडि बढाएको भन्दै तीन महिनाभित्र राजधानीमा सडक आवागमन सहज हुने दाबी गरे ।

पछिल्लो समय सडक दुर्घटना बढेपछि नियामक निकायहरुको सर्वत्र आलोचना भइरहेको छ ।