काठमाडौं । नेपाल र भारतविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा १-१ गोलको बराबरी भएको थियो । आफ्नै मैदान र समर्थक माझ आजको खेलमा जित निकाल्ने नेपालको लक्ष्य हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो खेलमा गरेका गल्ती सच्याएर दोस्रो खेलमा जित हासिल गर्ने आशा राखेका छन् ।
माल्दिभ्समा असोज १५ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबिच मैत्रिपूर्ण फुटबल भएको हो ।
भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली थप तयारीका लागि कतार जानेछ । कतारमा केही हप्ता तयारी गरेर टोली त्यहीँबाट माल्दिभ्स पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्