१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


राष्ट्रियसभाबाट शोकप्रस्ताव पारित


0
Shares

काठमाडौं, साउन १६ । राष्ट्रियसभाको बुधबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोकप्रस्ताव पारित गर्‍यो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोकप्रस्ताव प्रस्तुत् गरेका थिए ।

साथै, बैठकमा उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि.सं. २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।

कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको मंगलबार काठमाडौंस्थित आफ्नै निवास बूढानीलकन्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक साउन १७ गते बिहीबार दिनको ११.३० बजे बस्नेछ । रासस