१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सरकारी अस्पतालको सेवा सुस्त, घण्टाै‌ लाइन बस्दा पनि टिकट पाउनै सकस (भिडियाे)


0
Shares

डोलराज रानाभाट

चितवन । नारायणपुरबाट विहानै अस्पताल आईपुग्नु भएका चिनवहादुर देउजा टिकट काउण्टरको लाइन देखेरै आत्तिनुभयो । लामो समय लाइनमा उभिन नसकेपछि श्रीमतीलाई लाइन बस्न पठाउनुभयो । लामो लाईनमा उभिई सक्नु छैन् भने बस्ने ठाउँ पनि छैन् । उभिइरहनुपर्ने एकतातिरको वाध्यता अर्कोतर्फ ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि छुट्याइएको काउण्टर समेत बन्द छ । जसले गर्दा सजिलै टिकट लिएर चिकीत्सकसंग भेट्न त्यति सजिलो छैन अहिलेकालागि ।

एकतिर कोरोना महामारीको पिरलो छ भने अर्कोतर्फ अस्पतालको बहिरङ टिकट काउण्टरमा देखिएको यो भीड कहालिलाग्दो त छनै भौतिक दूरी कायम गराउने ठाउँको समेत अभाव छ । न त लाइनको व्यवस्थापन छ न छिटो टिकट पाउने कुनै माध्यम । गैँडाकोट ४ का झलकशर्मा पौडेल सहितलाई अन्य रोग जचाँउन आउदा कोरोना लाग्ने होकी भन्ने उल्टै डर छ ।

भरतपुर ९ का विजन भट्ट एक घण्टा भयो टिकट काट्न लाइनमा बस्नुभएको । टिकट पाउन सकस त छनै बल्ल तल्ल टिकट पाएर जचाउन जाँदा चिकित्सक समयमै नआउने अर्को समस्या भोग्नु परेको छ । सरकारी अस्पतालले स्वास्थ्य मापदण्डको उल्लंघन गर्दा प्रशासनको खासै चासो छैन ।

निषेधाज्ञा जारी रहेको जिल्लामा पछिल्लो समय कोभिडका विरामीहरु भने घटेका छन् तर जोखिम कायमै रहेकाले कर्मचारी थपेर थप व्यस्थित गराउँदै अस्पतालले सेवा दिनुपर्ने देखिन्छ । त्यसो त नयाँ मेडिकल सुपरीटेण्डेन फेरी रहने सरकारी अस्पताल भित्रको अर्को रोग हो । अस्पताल भित्र हुने राजनीतिकरणले गर्दा यहाँको सेवा प्रभावित हुदै आएको छ भने सेवाग्राहिले समेत चुस्त दुरुस्त र छिटो छरीतो रुपमा सेवा पाउनबाट बञ्चित भएकाछन् । त्यसैले यसिलाई बेलैमा सम्बोधन गरेर मर्कामा परेका सेवाग्राहिलाई छिटो छरीतो र गुणस्तरीय सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता हो ।